
बुटवल, २७ माघ । आदिवासी अगुवा प्रा.डा. ओम गुरुङ्गले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावले दुई समुदाय विच द्दन्द्द बढ्न सक्ने आशंका व्यक्त गर्नु भएको छ ।
आदिवासी जनजाति पत्रकार मञ्च नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रा.डा. गुरुङ्गले कलष्टर मिलाउने नाममा आएको संशोधन प्रस्तावले मगर र गुरुङ्ग समुदायविच द्दन्द्द हुन सक्ने संकेत गर्नुभयो । उहांले जातिय पहिचान र सामथ्र्यको आधारमा संघीय प्रदेश कायम हुनु पर्नेमा जोड दिनुभयो ।
उहाले तमुवानको माग उठेको धेरै भएको भन्दै नवलपरासीमा सम्पन्न तमु ह्युल छोज धिं गुरुङ्ग राष्ट्रिय परिषद्को महाधिवेशनले आफ्नो अधिकारको लागि गुरुङ्गहरु एक भएको सन्देश दिएको उल्लेख गर्नुभयो । महाधिवेशनले जारी गरेको १७ बुंदे घोषणापत्रमा तमुवान प्राप्तिको लागि एकजुट हुने संगै हर्क गुरुङ्गलाई राष्ट्रिय विभुती घोषणा लगायत रहेका छन् ।
कार्यक्रम मञ्चका अध्यक्ष टेक मास्की रानाको अध्यक्षता र पत्रकार सनु थापाको संचालनमा भएको थियो ।