देवदह, १ मंसिर । खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा नेपाली काँग्रेसका उम्मेदवार अब्दुल रज्जाकले प्रदेशको राजधानीका विषयमा दोहारो चरित्र प्रस्तुत नगर्न विपक्षिलाई सुझाव दिनु भएको छ ।
विपक्षि दलका एक थरिले रुपन्देहीलाई प्रदेश नम्बर ५ को राजधानी बनाउछु भन्दै डिड्ने र तिनै पार्टिका अर्का नेताले दाङनै राजधानी हो भनेर दावी गर्नु नेकपा एमालेको दोहोरो चरित्र प्रस्तुत भएको टिप्पणी गर्नुभयो ।
रुपन्देहीको क्षेत्रनम्बर १ को देवदहको वडानम्बर ७, ९ र १० वडाको प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै नेता रज्जाकले विकास र सुकुम्बासिको नाममा भोटको खेल नखेल्न बामगठबन्धनलाई सुझाव दिनुभयो । उम्मेदवार रज्जाकले भोट माग्नका लागि विकासको नारा होईन पहिले आफुले जस्तै विकास गरेर देखाउन प्रतिस्पर्धीलाई चुनौती दिनुभयो ।
कार्यक्रममा क्षेत्र नम्बर एक प्रदेश सभा एकका उम्मेदवार ताहिर अलि, दुईका उम्मेदवार हरि न्यौपाने, निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक हिराबहादुर खत्री, प्रचारप्रसार समिति संयोजक बासुदेव रिमाल, पुर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, एकबहादुर सुनार, राप्रपा प्रजातान्त्रीकका नगर अध्यक्ष माधव रिमाल, कांग्रेस महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली लगायतले लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउनका लागि रुख चिन्हमा भोट दिनु पर्ने बताउनुभयो ।
यसैबीच देवदहको धकधईमा कांग्रेसको महिला भेला सम्पन्न भएको छ । भेलामा महिला नेतृ पार्वती न्यौपाने, राप्रपा प्रजातान्त्रिककी उमा थापा क्षेत्री, कांग्रेसका क्षेत्रीय सचिव बैजनाथ साहनी लगायतले बोल्नु भएको थियो ।