दक्षिण सुडानमा विमान दुर्घटना , ४० जनाको मृत्यु

912

दक्षिण सुडानमा विमान दुर्घटना , ४० जनाको मृत्यु

logoजुवा, १८ कात्तिक । दक्षिण सुडानको राजधानी जुबाबाट बुधबार उडेको एक विमान दुर्घटना भएको समाचार छ । राजधानी जुबाबाट उडेको सो विमान केही समयपछाडी नै दुर्घटना भएको एएफपी एक समाचारदाताले जानकारी दिएको छ ।

माथिल्लो निले राज्यको पोलोचतर्फ गईरेहको सो विमान जुबा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गदेखि ८ सय मिटर मात्र टाढा दुर्घटना भएको रेडियो मिरायाले जानकारी दिएको छ ।

सो रेडियोका अनुसार उक्त दुर्घटानमा ४० भन्दा बढी व्यक्ति मारिएका छन् । एएफपीका समाचारदाताका अनुसार दुर्घटनास्थलमा उद्धारकर्ताहरु जीवित उद्धार गर्न सकिन्छ कि भन्ने आशामा कार्यरत रहेका छन् । रासस ÷एएफपी