क्यान महासंघको अध्यक्षमा कुवँर विजयी

833

क्यान महासंघको अध्यक्षमा कुवँर विजयी

कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघको अध्यक्षमा नवराज कुँवर विजयी हुनु भएको छ । उहाँको जितसंगै क्यान महासंघले काठमाण्डौ उपत्यका बाहिरबाट नेतृत्व प्राप्त गरेको छ । शनिबार राती सम्पन्न १३ औं कार्यसमितिको निर्वाचनमा कुवँर निर्वाचित हुनु भएको हो । उहाँसंग सुनैना घिमिरे पाण्डेले प्रतिस्पर्धा गर्नुभएको थियो ।
निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ । यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी हुनु भएको हो । त्यस्तै संस्थागत समूहतर्फ पाण्डे प्यानलका अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पोदार र बुद्धरत्न मानन्धर विजयी हुनु भएको छ । संस्थागत महिलातर्फ यसअघि नै कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित हुनु भएको थियो ।
त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ पाण्डे प्यानलकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी हुनु भएको छ । व्यक्तिगत साधारण समूहमा कुँवर समूहका खुशल रेग्मीबाहेक रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, श्रीधर मरासिनी विजयी पाण्डे समुहका हुनुहुन्छ । व्यक्तिगत महिलातर्फ पाण्डे प्यानलका सुस्मा शर्मा र गुणकेशरी प्रधान र कुँवर प्यानलकी रत्नतारा वैद्य यसअघि नै निर्विरोध निर्वाचित हुनु भएको थियो । यसैगरी प्रदेश ४ बाट कास्कीका जगनबहादुर गुरुङ र बागलुङका कृष्ण पौडेल विजयी हुनु भएको छ । उहाँहरु दुबैजना पाण्डे समुहबाट निर्वाचित हुनु भएको हो ।
प्रदेश ३ मा कुँवर प्यानलबाट काभ्रेका शेखरनाथ दुलाल र चितवनका भानु शर्मा निर्वाचित हुनु भएको छ । प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट निर्विरोध निर्वाचित हुनु भएको थियो । निर्वाचित सबै कुवँर प्यानलबाट हो ।
ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध हुनु भएको छ । उहाँहरु दुबैजना पाण्डे प्यानलका हुनुहुन्छ । वस्तुगत सदस्य समूहबाट यसअघि नै कुँवर प्यानलबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा निर्विरोध निर्वाचित भईसक्नु भएको थियो ।