क्युएफसी सिनेमाको नयाँ मल्टिप्लेक्स अब बुटवलमा

791

क्युएफसी सिनेमाको नयाँ मल्टिप्लेक्स अब बुटवलमा

नेपालको नं. १ सिनेमा चेन क्यु.एफ.सी सिनेमाजले बुटवलको भाटभटेनीमा नयाँ मल्टिप्लेक्स लन्च गरेको छ । लिगल सिनेमाज् प्रालीको लगानी रहेको थिएटरमा डेप्थ क्यु थ्री डी टेक्नोलोजीको प्रयोग गरिएको र नेपाली हिन्दी तथा हलिउडका चलचित्रहरुको क्वालीटी उच्च हुने लिगल सिनेमाज् प्रालीका अध्यक्ष नकिम मुद्धिमले बताउनु भयो ।
त्यस्तै उच्च क्वालीटीको डल्बी एट्मस साउन्ट राखिएको छ । लिगल सिनेमाज्ले देशका बिभिन्न स्थानमा हालसम्म १२ वटा चलचित्र हल सञ्चालन गरेको छ । जसमा हालसम्म २५ वटा पर्दा रहेका छन् । पछिल्लो पटक बिराटनगरको भाटभटेनीमै दुई वटा पर्दामा नयाँ हल सञ्चालनको तयारी गरिएको छ । बुटवलमा सञ्चालन गरिएको हलमा पनि १९६ र १७६ सिट क्षमताका दुई वटा पर्दा छन् ।