Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • खेल

    धावक पण्डित पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट सम्मानित

    काठमाडौँ, १५ कात्तिक । कीर्तिमानी विश्व पर्वतारोही तथा अल्ट्रा म्याराथुन धावक सञ्जय पण्डितलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरो’ बाट सम्मानित गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा सदस्य–सचिव केशवकुमार विष्टले राखेपका तर्फबाट प्रदान गरिएको रु २५ हजार तथा ताम्रपत्रसहित सम्मान गर्नुभयो । विश्वका सर्वोच्च हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन

    अघांखाचीमा भलिबल प्रतीयोगीता

    लक्ष्मण राना अर्घाखाँची कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा आज शुक्रबार देखि गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता सुरु भएको छ ।जिल्लाका बिभिन्न गाविस र सन्धिखर्क नगरपालिकाका केहि वाड गरि १८ टिमको सहभागीता रहेको भलिबल प्रतीयोगतिाको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले उद्घाटन गर्नुृ भयो । उद्घाटन समारोहमा मन्तब्य राख्दै जिल्ला खेलकुद संघका अध्यक्ष

    आरोपी खेलाडीहरू १३ गतेसम्म थुनामा रहने

    काठमाडौं । विशेष अदालतले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी तथा प्रशिक्षकलाई कात्तिक १३ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई अदालतमा उपस्थित गराएको थियो । असोज २७ गते नै पक्राउ परेको भए दसैंका कारण घटस्थापनादेखि नै अदालत बन्द भएका कारण मंगलबार

    व्याकुल माइला गोल्डकप सोमबारदेखि हुने

    काठमाडौं, ७ कात्तिक । राष्ट्रियगान सर्जक व्याकुल माइलाको जन्मथलोमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्डकपको पाँचाँैं संस्करण सोमबार सुरु हुँदै छ । फुटबल प्रतियोगिता ओखलढुङ्गाको थाक्ले–८, सोक्मटारस्थित दूधकोसी किनारमा नौ दिन सञ्चालन हुने आयोजकले जनाएको छ । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको सो फुटबल प्रतियोगिता आयोजक संस्था दूधकौशिका प्राविका

    विश्वकपका लागि छनोट नेपाली टोली आइपुग्यो

    काठमाडौं । मलेसियामा सम्पन्न आइसीसी अन्डर १९ विश्वकप छनोटमा विजयी भएर आएको नेपाली टोली शुक्रबार काठमाडौं आइपुगेको छ ।मध्यान्ह साढे १२ बजे आएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए ।नेपालले बिहीबार भएको खेलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु-१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ

    खेलकुद सङ्घ र पदाधिकारीबीचको द्वन्द्वले खेलकुद क्षेत्र मारमा

    मुना कार्की/काठमाडौँ/ अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएता पनि यस क्षेत्रमा सक्रिय विभिन्न सङ्घमा बेला–बेलामा भइरहने आन्तरिक किचलोले सकारात्मक परिणाम हासिल हुन सकेको छैन । आन्तरिक खिचातानीले नेपाली खेलकुद क्षेत्रको छवि अन्तर्राष्ट्रियस्तरमा नै धमिलिन पुगेको छ । हालै विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको वरियताक्रममा मात्र नभई फुटबल खेलाडी तथा प्रशिक्षकले गरेको

    अपराजित रहँदै नेपाल यु–१९ विश्वकप क्रिकेटमा

      काठमाडौं / मलेसियामा जारी आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल विजेता बन्न सफल भएको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा बलियो प्रतिद्वन्द्वी आयरल्यान्डलाई ३ विकेटले पराजित गर्दै नेपाल विजेता बन्दै आगामी वर्ष वंगलादेशमा हुने विश्वकपमा छनोट भएको छ ।बिहीबार भएको फाइनल भिडन्तमा आयरल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १८५ रनको चुनौती नेपाली टिमले ४६.२

    आयरल्याण्डलाई हराउँदै नेपाल विश्वकपका लागि छनोट

    मलेसियामा सम्पन्न अण्डरनाइन्टिन क्रिकेटमा नेपालले फाइनलमा  आयरल्याण्डलाई हराएको छ । आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट भएको छ । आज भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।  आयरल्याण्डले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ८४ रन बनाएको थियो  ।

    मौलाकालिका दौडको उपाधि रिमाललाई

    चितवन, कार्तिक ३/प्रत्येक वर्ष फुलपातीको दिन आयोजना हुँदै आएको लायन्स लियो मौलाकालिका शान्ति दौड प्रतियोगितामा यसवर्ष धादिङका हरिकुमार रिमाल प्रथम भएका छन् । उनले नारायणगढको लायन्सचोकदेखि गैंडाकोटको मौलाकालिका मन्दिरसम्मको दुरी २३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् ।चितवनकै पुरानो लायन्स तथा लियो क्लव अफ नारायणगढको आयोजनामा भएको दौडमा २३ मिनेट ५५ सेकेण्डमा दुरी

    आइसिसी विश्वक्रिकेट खेल्न टोलीको घोषणा

    काठमाडौँ, /नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्व क्रिकेट लिग खेल्नका लागि २० खेलाडी सम्मिलित राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरेको छ । आगामी नोभेम्बरमा युएइमा पपुवान्युगिनीसँग हुने खेलका लागि हालै राजधानीमा सम्पन्न छनोट प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, अनिल मण्डल, सुवास खकुरेल, राजेश पुलामी मगर,