१७ औं लिस्नु कप फुटवलको तयारी शुरु

527

१७ औं लिस्नु कप फुटवलको तयारी शुरु

बुटवल, साउन । रुपन्देही जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगिता अञ्चलस्तरीय लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको तयारी शुरु भएको छ ।लिस्नु युवा क्लबको आयोजनामा आगामी भदौ ३ गतेदेखि शुरु हुने प्रतियोगिताको लागि आवश्यक तयारीका कामहरु शुरु गरिएको क्लबका कार्यवाहक अध्यक्ष तिर्थराज मल्ल (तारा) ले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन हुने पशुपति उच्च मावि कोटिहवाको मैदान मर्मत,सम्भार, प्रायोजकको खोजी र आर्थिक संकलन लगायतका कामहरु भइरहेको कार्यवाहक अध्यक्ष मल्लले बताए ।

प्रतियोगिताको पुरस्कार राशी पनि बढाएर अहिले प्रथम पुरस्कार रु. २ लाख, दोस्रो पुरस्कार १ लाख र सेमिफाइनलमा पुग्ने दुई टिमलाई २५–२५ हजार प्रदान गरिने क्लबका सहसचिव मनोज क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा भाग लिन इच्छुक टिमहरुलाई नाम दर्ता खुल्ला गरिएको र दर्ता शुल्क रु. दश हजार कायम गरिएको सहसचिव क्षेत्रीले बताए । प्रतियोगिताबारे केही दिनमै पत्रकार सम्मेलन गरी जानकारी गराउने क्लबले जनाएको छ ।