Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • समाचार

    पर्यटन पत्रकारिता पुरस्कार अधिकारीलाई

    बुटवल, २५ जेठ । होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीले स्थापना गरेको यस वषको पर्यटन पत्रकारिता पुरस्कार पत्रकार डायलसन अधिकारीलाई प्रदान गरेको छ । संघले स्थापना गरेको स्व. कालिदास स्मृती अक्षयकोषबाट प्रदान गरिने उक्त पुरस्कार संघको शनिबार आयोजित १९ औं वार्षिक साधारण सभामा रेडियो नेपालका कार्यरत पत्रकार अधिकारीलाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशी

    सांसद विकास कोष खारेजीको निर्णय राम्रो : मन्त्री केसी

    बुटवल, २५ जेठ । प्रदेश पाँचका कानून मन्त्री कुलप्रसाद केसीले परम्परागत चुनावी प्रचारकालागि लक्षित कार्यमा ‘आइस ब्रेक’ गर्नु पर्ने अवस्यकता औलाउनु भएको छ । उहाँले आफ्नो दलले सांसद विकास कोष तथा क्षेत्र विकास कोष राख्न नुहने निर्णय गरेर आइस ब्रेक गर्ने दिशामा अघि बढेको दावी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दल प्रदेश

    ‘प्रधानमन्त्री केपी ओलीको दिनगन्ती सुरु भयो’

    भैरहवा, २५ जेठ । नेपाली काँग्रेसले सुरु गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सकिएको छ । नेपाली काँग्रेसले पहिलो चरणमा बैशाख २५ देखि जिल्ला स्तरमा एक महिने जागरण अभियान सञ्चालन गरेको थियो । ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेसले मुलुकका ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो । नेपाली

    लुम्बिनी समृद्धि रियलस्टेटको बुटवलमा सेवा शुरु

    बुटवल, २५ जेठ । समृद्धि रियल स्टेट कम्पनीले बुटवलमा सेवा शुरु गरेको छ । बुटवल–११ को कालिकापथमा एक करोड चुक्ता पुंजीबाट स्थापित लुम्बिनी समृद्धि रियल स्टेट कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले शनिबार उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मेयर सुवेदीले घरजग्गाको कारोबारलाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन व्यवस्थित कम्पनीबाट कारोबार गर्दा सेवाग्राहीलाई सहज

    मृगौला पिडित गौतमको उपचारमा रोटरीको सहयोग

    बुटवल, २५ जेठ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले मृगौला पिडतको उपचारकालागि आर्थिक सहायता प्रदान गरेको छ । दुबै मृगौला फेल भएपछि विगत ८ वर्षदेखि डाईलाईसिस गर्दै आउनु भएका तिलोत्तमा नगरपालिका वडा नं. ११ निवासी ५८ वर्षीय जयलाल गौतमलाई क्लवले उपचारकालागि ४० हजार रुपैंया सहयोग प्रदान गरेको हो । क्लवको नियमित बैठकमा शनिबार क्लवका अध्यक्ष

    ठेक्केदार कम्पनीको लाप्रवाहीका कारण पुल निर्माण अलपत्र

    यमलाल भुसाल/ बुटवल, २४ जेठ । बुटवल उपमहानगरपालिकाको तिनकुने देवीनगर जोडने पक्कि पुल निर्माण कम्पनीको चरम लाप्रवाहीका कारण त्यसका उपभोक्ताले सास्ती व्यहोर्नु परेको छ । चालु आर्थिक वर्षको असार मसन्ता भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले निर्माणमा ढिलासुस्ती गर्दा समयमा निर्माण हुनु त परै

    समाजसेवी गुरुङद्वारा २० लाखको छात्रवृत्ति अक्षयकोष

    बुटवल, २४ जेठ । उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नको लागि समाजसेवी रामकाजी गुरुङले २० लाख रुपियाको अक्षयकोष स्थापना गर्नुभएको छ । बुटवल ईटाभट्टी निवासी ९३ वर्षीय रामकाजी गुरुङले कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि २० लाख रुपैयाको रामकाजी मनकुमारी कल्याणकारी अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोष सञ्चालन र छात्रवृत्ति वितरण

    साउनदेखि सामान ढुवानीमा अनलाईन सिष्टम

    बुटवल, २४ जेठ । यातायातका साधाबाट सामान ढुवानी गर्ने प्रक्रियालाई सहज र सरल बनाउन सरकारले आगामी साउन १ गतेदेखि अनलाइन सिष्टम लागू गर्ने भएको छ । एउटै बिलमा पटक–पटक सामान ढुवानी हुने, अबैध सामान ढुवानी हुने, एक ठाउ भनेको सामान अन्यत्र लैजाने जस्ता कार्य नियन्त्रण गर्न सरकारले अनलाईन सिष्टम लागू गर्न लागेको हो । अनलाइन

    उद्योगमैत्री वातावरण बिना आर्थिक बिकास सम्भव छैन : मन्त्री बराल

    बुटवल, २४ जेठ । नेपाल बजार बिक्रि प्रतिनीधि संघको पाँचौं राष्ट्रिय अधिवेशन शुक्रबारदेखि बुटवलमा सुरु भएको छ । अधिवेशनको प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको हो । अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री बरालले लगानीमैत्री वातावरण नहुँदासम्म मुलुको आर्थिक बिकास सम्भव नभएको बताउँदै लगानी मैत्री वाताबरण बन्नेगरी नीति निर्माणमा सरकार लागेको बताउनु भयो ।

    स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग

    बुटवल, २४ जेठ । नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले अनाथ बालबालिकालाई सहयोग प्रदान गरेको छ । संघको २८ औं स्थापना दिवसको अवसर पारेर संघले शुक्रबार मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रममा आश्रित बालबालिकालाई व्यक्तिगत सरसफाईका सामाग्रि सहित लत्ता कपडा प्रदान गरेको हो । त्यस अवसरमा संघका जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाली