Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • शिक्षा

    पाँच हजार शिक्षक कर्मचारीले मन्त्रालय घेर्ने

    बुटवल, ६ मंसिर । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बरको अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गर्ने भएको छ । आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि थप आन्दोलनका क्रममा शुक्रबार मन्त्रालय घेर्न लागिएको हो । शिक्षक महासंघले बिहिबार रिपोटर्स क्लवको कार्यालय बुटवलमा

    लुम्बिनी बाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको सेमिनार हुँदै

    बुटवल , कार्तिक । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार हुने भएको छ । क्याम्पसले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर ब्यवस्थापन विषयलाई पुनःपरिभाषित गराउन सेमिनारको आयोजना गरिएको जानकारी दिएको हो । लुम्बिनी बाणिज्य क्याम्पस अनुसन्धान तथा बिकास विभागको आयोजनामा यहि कात्तिको ३० र मंसिर १ गते गरि २ दिनसम्म चल्ने सेमिनारमा राष्ट्रिय तथा

    ‘शिक्षकको माग पुरा नभए विद्यालय वन्द गर्छौँ’

    गुल्मी, १६ कात्तिक । शिक्षकको पेशागत र शैक्षिक गुणस्तरको लागि अगाडी सारिएको माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउंपालिका गुल्मीमा भएको धर्ना तथा विरोध सभामा बोल्ने वक्ताहरुले शिक्षकको माग पुरा गर्न ससक्त आन्दोलन गरिने बताएका हुन् । विगतमा माग पुरा गर्ने नाममा शिक्षकलाई झुक्काउने गरिएको

    बालश्रम न्यूनिकरणकालागि अनौपचारिक बालशिक्षा कार्यक्रम

    बुटवल, ५ असोज । जापान अन्तर्राष्ट्रिय लेवर फाउन्डेसन (जिलाफ)को सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रम मार्फत ८० प्रतिशत बालबालिकालाई बिद्यालय भर्ना गराउन सफल भएको छ । अनौपचारिक क्षेत्रमा रहेका मजदुरलाई औपचारिक गर्ने र बालश्रम न्यूनिकरण गर्नु उद्देश्यले जिलाफको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले सन् १९९६ देखि सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रम

    प्रतिवेदनले मात्रै शिक्षाको सुधार गर्दैन : मन्त्री बराल

    बुटवल, २३ भदौ । प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले महिनै पिच्छे आयोग बनाउने र प्रतिवेदनको थुप्रो लगाएर शिक्षामा प्रतिफल हासिल गर्न नसकिने बताउनु भएको छ । उहाँले चार÷चार महिनमा शिक्षा सम्वन्धि प्रतिवेदन तयार पारेर शैक्षिक सुधारको अपेक्षा गर्नु निरर्थक हुने बताउनुभयो । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा राष्ट्रिय

    प्रदेश पाँचमा प्राबिधिक शिक्षा कार्यक्रम स्वीकृत भएका बिद्यालयहरु

    बुटवल, भदौ । प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटि)ले प्राबिधिक शिक्षा सञ्चालनकालागि नेपाल अधिराज्य भरी ९७ बिद्यालयलाई स्वीकृति प्रदान गरेको छ । त्यसमध्ये प्रदेश पाँचमा १८ बिद्यालय छन् । सिटिईभिटिबाट प्राबिधिक शिक्षाको बिकास बिस्तार तथा पहुँचलाई मध्यनजर गरि शैक्षिक सत्र २०७५÷०७६ कालागि डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङ्, ईलेक्ट्रिक ईञ्जिनियरिङ्, बालिबिज्ञान, पशु बिज्ञान, फरेष्टी, अटोमेटिक्स, जिओमिटिक्स,

    प्राबिधिक शिक्षाकालागि सामुदायिक बिद्यालयमा सिटिईभिटिको स्वीकृति

    कपिलबस्तु , भदौ । कपिलबस्तु जिल्लाको एक मात्रै सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटि)ले तीन वर्षे डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ् अध्यापनकालागि स्वीकृति दिएको छ । जिल्लाको दक्षिणी भेगमा पर्ने सुद्धोधन गाउँपालिका वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय औरहिया(मुडफुटवा) लाई उक्त कार्यक्रमको स्वीकृति प्रदान गरेको हो । सिटिईभिटीले नेपाल अधिराज्यका ९७

    उपत्यका बाहिर पहिलो पटक तिलोत्तमामा बिएससी ईन्भारमेन्ट

    बुटवल, २० साउन । बिज्ञान र व्यवस्थापन विषयमा पश्चिम नेपालको उत्कृष्ट क्याम्पसका रुपमा स्थापित तिलोत्तमा क्याम्पसले काठमाण्डौ बाहिर पहिलो पटक विज्ञान विषयमा वातावरणीय शिक्षाको कक्षा संचालन गर्ने भएको छ । पोखरा विश्व विद्यालयबाट संवन्धन लिएर २०५६ सालदेखि बीबीएको अध्यापन गदै आएको तिलोत्तमा क्याम्पसले यसै शैक्षिक शत्रदेखि स्नातक तहमा विज्ञान विषयमा वातावरणीय शिक्षाको पढाई संचालन गर्न

    शुद्धोधन २, रुपन्देहीमै पहिलो बालबिवाह मुक्त वडा घोषणा

    बुटवल, १८ साउन । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. २ लाई वाल बिवाह मुक्त वडा घोषणा गरिएको । वडा भित्र १८ वर्ष भन्दा कम उमेरका बिवाह वडा कार्यालयको अभिलेखमा नरहेको, वालबालिकाको अनिवार्य जन्मदर्ता भएको, १८ वर्ष भन्दा कम उमेरका बिवाह नभएको र भईहालेपनि उजुरी पर्ने गरेको, वडा बाल संरक्षण समिति बनाई लागु गरेको, वडामा रहेका

    पेशागत सुरक्षाको माग गर्दै बिद्यालय कर्मचारीको आन्दोलन

    बुटवल, १७ साउन । सामुदायिक बिद्यालयका कर्मचारीको पेशागत सुरक्षाको माग गर्दै नेपाल बिद्यालय कर्मचारी परिषदले देशव्यापी आन्दोलन सुरु गरेको छ । परिषदले अन्य कर्मचारी सरहको सेवा सुविधा माग गर्दै आन्दोलनका रुपमा केन्द्र तथा प्रदेश र स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम गर्न सुरु गरेका छन् । नेपाल बिद्यालय कर्मचारी परिषद प्रदेश पाँच कार्य समितिले बिहिबार बुटवलमा सामुदायिक